असार २२, २०८२ आइतबार July 6, 2025

कोरोनाको नयाँ केन्द्रविन्दु अब अमेरिका : विश्व स्वास्थ्य संगठन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । संयुक्त राज्य अमेरिका कोरोना भाइरस संक्रमणको नयाँ केन्द्रविन्दु हुनसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ ।

हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ७ सय ८२ को मृत्यु भइसकेको छ भने ५४ हजारभन्दा बढि संक्रमित भएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार गत २४ घण्टामा आएका नयाँ संक्रमितमध्ये ४० प्रतिशत विरामी अमेरिकमै थपिएका छन् । ।

विश्व स्वस्थ्य संगठनका प्रवक्ता मारग्रेड ह्यारिसले समेत अमेरिकामा कोरोना भाइरसबाट भयावह परिस्थिति सृजना हुने संभावना उच्च रहेको बताएका छन ।

यसैबीच न्यूर्योकका गर्भनर यण्डरु कुमोले न्यूर्योक शहरमा कोरोना भाइरस बुलेट रेलकै गतीमा फैलिरहेको बताउनुहुँदै थप स्वास्थ्य सामाग्री तथा उपकरण तत्काल आवश्यक परेको बताएका छन ।

अमेरिकाको न्यूर्योक शहरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १० पुगेको छ भने २५ हजार भन्दा बढि संक्रमित भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया