असार २३, २०८२ सोमबार July 7, 2025

३०५ जना विदेशी पर्यटक बोकेर काठमाडौंबाट उड्यो कतार एयरलाइन्सको विमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । तीन सय पाँच जना विदेशी यात्रु लिएर कतार एयरलाइन्सको चार्टड विमान त्रिभुवनविमानस्थलबाट फ्र्याँकफर्टका लागि उडेको छ । दोहामा ट्रान्जिट अनुमतिप्राप्त उक्त विमानलाई जर्मन सरकारको अनुरोधमा नेपाल रिकारले उडान अनुमति दिएको हो ।

एयरबस ३३०–३०० विमानले तीन सय पाँच जना यात्रु लिएर फ्र्याँकफर्ट उडेको बताइएको छ। चैत्र ९ गतेदेखि कोरोना भाइरसको संक्रमणको सम्भावना रोक्न सरकारदले सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेता पनि नेपालमा रोकिएका आफ्ना नागरिकहरुलाई ओसार्न जर्मन सरकारलको अनुरोधमा विशेष उडानको अनुमति दिइएको सरकारी श्रोतले बताएको छ ।

भोलि शनिबार पनि कतार एयरको एउटा उडानलाई दोहा हुँदै फ्र्याँकफर्ट उड्ने अनुमति दिइएको छ । यी दुवै जहाजहरुलाई काठमाडौँ आउँदा कुनै यात्रु नल्याउन भनिएको श्रोतले बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया