कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

कडा सुरक्षाका बीच बाजुराको​​​​​​​ बुढीनन्दामा आज मतदान हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाजुराको मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान स्थगित भएको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मतदानस्थलमा शनिबार पुन: मतदान गराउँदै छ । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले मतदानको सम्पूर्ण तयारी पूरा भएको बताए । ‘बिहीबार नै मतदान अधिकृत र सुरक्षाकर्मीको टोली पुगिसकेको छ । सर्वदलीय बैठकपछि सौहार्दपूर्ण वातावरण छ । सबैको सहयोग छ । शान्तिपूर्वक चुनाव सम्पन्न हुन्छ,’ उनले भने ।

मतदानका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपी खटाइएको पौडेलले जानकारी दिए । ‘दुइटा एसपीसहित सुरक्षाकर्मीको नयाँ टोली गएको छ । बाहिर सुरक्षा घेरा राम्रो छ । भित्र कर्मचारीको टिम पनि फरक गएको छ । सबै तयारी चुस्त छ,’ उनले भने ।

यहाँ निर्वाचनका क्रममा भएको हिंसात्मक घटनाको अध्ययन गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली खटिएको छ । मतदानको दिन झडपमा परेर यहाँ दुईजनाको मृत्यु र एक प्रहरीसहित चारजना घाइते भएका थिए । उक्त घटनाबारे स्थलगत अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित टोली खटिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया