कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

अर्घाखाँचीमा १९ जना उम्मेदवारको जमानत जफत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गत मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा अर्घाखाँची जिल्लामा उम्मेदवारी दिएकामध्ये १९ जनाको जमानत जफत भएको छ ।

तीन पदका लागि चुनाव प्रतिस्पर्धा गरेका २५ जनामध्ये सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने प्रदेश सभा (क) र (ख) का पाँच/पाँच जना र प्रतिनिधि सभाका नौ जना गरी १९ जनाको जमानत जफत भएको हो ।

अर्घाखाँचीमा ६ जनाले मात्रै जमानत जोगाउन सफल भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सुरेश भण्डारीले बताउनुभयो ।

नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाले मात्र आफ्नो जमानत सुरक्षित गर्न सकेका हुन् । सदर मतको १० प्रतिशत ल्याउन नसके उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था रहेको छ । प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा कानुनअनुसार धरौटीबापत १० हजार रुपैयाँ जम्मा गरेका हुन्छन् ।

अर्घाखाँचीमा एक लाख ६४ हजार सात सय ६८ मतदाता रहेकामा ९० हजार नौ सय ८९ मत खसेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया