कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

दोलखामा गठबन्धनका उम्मेदवार गंगा कार्कीलाई १ हजार ७५४ मतको अग्रता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनाव अन्तर्गत दोलखामा मतगणना भइरहेको छ ।

दोलखामा माओवादी केन्द्रका गङ्गाबहादुर कार्कीको अग्रता छ । पछिल्लो विवरण अनुसार कार्की ३ हजार २२४ र एमालेका बालकृष्ण सिवाकोटीले १ हजार ४७० मत प्राप्त गर्नुभएको छ । माओवादीका कार्की र एमालेका सिवाकोटीबीचको मतान्तर १ हजार ७५४ रहेको छ ।

दोलखाका १० वटा मतदान केन्द्रमा हिजो मतदान भएको थियो । मंसिर ४ गते भएको मतदानमा विवाद भएपछि निर्वाचन अयोगले पुनः मतदान गराउने निर्णय गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया