असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्र बैंकद्वारा राहत प्याकेज जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कारोना भाइरस (कोभिड–१९) को प्रकोपको कारण देशको उद्योग, बैक तथा वित्तीय क्षेत्रमा पर्ने प्रभावको अध्ययन गरी विभिन्न १९ बुँदे राहत प्याकेजका कार्यकम ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवार चार वटै वर्गका बैक तथा वित्तीय संस्थाहरुलाई एक संयुक्त निर्देशन जारी गर्दै पुर्नकर्जा कोषको रकम ६० अर्ब पुर्याउनुका साथै चालु पुँजी प्रकृतिका अल्पकालिन कर्जाको भुक्तानी अवधि दुई महिनालाई थप गरेको छ ।

कोरोना भाइरस (काभिड–१९) संक्रमणसँगै उद्योग ब्यवसाय समस्या परेका बेला राष्ट्र बैंकले ल्याएको राहत प्याकेजले चैतसम्म कुनै कर्जा नवीकरण नभएपनि त्यसलाई असल ऋणमै गणना गर्न पाइने र राष्ट्र बैंकले सुक्ष्म निगरानीमा नराखे पनि हुने ब्यवस्था गरेको छ ।

राष्ट्र बैंकले कारेनाको उपचारमा सहयोग पुग्ने गरी सेवा विस्तार वा स्तरोन्नती गर्न नीजि स्वास्थ्य प्रदायकहरुलाई प्रवाह गर्ने कर्जालाई प्रथमिकता प्राप्त क्षेत्रको रुपमा गणना गर्न सकिने छ ।

कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा प्रयोग हुने अत्यावश्यक वस्तुहरुको पैठारी तथा बिक्रि वितरण सहज बनाउन कर्जा माग भएमा ५ दिन भित्र कर्जा प्रदान गर्न पनि राष्ट बैकले निर्देशन दिएको छ ।

राष्ट्र बैंकले वित्तीय कारेवारलाई प्रोत्साहन गर्न त्यसतो सेवा प्रदान गर्दा आगामी असार मसान्त सम्म कुनै पनि शुल्क लिन नपाउने व्यवस्था समेत मिलाएको छ ।

राष्ट्र बैंकले बैकहरुले दिने पुर्नकर्जा सुविधा दिंदा कोरोनाबाट प्रभावित साना तथा मझौला उद्यमीलाई प्राथमिकता दिन पनि निर्देशन दिएको छ ।

राष्ट्र बैंकले चैतमा असुल गर्नु पर्ने मासिक वा त्रैमासिक किस्ता रकम असार मसान्तसम्म भुक्तानी समय मिलाउन बैकहरुलाई निर्देशन दिएको छ । यसमा कुनै पनि किसिमको शुल्क वा हर्जाना लिन पाइने छैन् ।

यदि कसैले चैतमा किस्ता भुक्तानी गर्न आएमा त्यस्ता ऋणीहरुले ब्याज रकममा १० प्रतिशत छुट पाउने छन् । छुट रकम आधार दरभन्दा तल भने दिन नपाउने व्यवस्था गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार