असार २९, २०८२ आइतबार July 13, 2025

पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा आइएसआईएसले लियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सशस्त्र विद्रोही समूह आइएसआईएसले शनिबार काबुलमा रहेको पाकिस्तानी दूतावासमा भएको आक्रमणको जिम्मा लिएको छ । सो हमलालाई इस्लामाबादले “हत्याको प्रयास“ भनेको छ ।

अफगानिस्तानको राजधानीमा शुक्रबार भएको आक्रमणमा एक सुरक्षा गार्ड घाइते भएका थिए । जिहादी मनिटर एसआइटीईद्वारा उद्धृत एक विज्ञप्तिमा इस्लामिक स्टेटको क्षेत्रीय शाखाले ‘धर्मत्यागी पाकिस्तानी राजदूत र उनका गार्डहरूमाथि आक्रमण गरेको’ बताएको छ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यसलाई मिसनका प्रमुखमाथि “हत्याको प्रयास“ भन्दै छानबिनको माग गरेका छन् ।

काबुल प्रहरीका प्रवक्ताले सुरक्षा बलहरूले नजिकैको भवनमा आक्रमण गरेपछि एकजना संदिग्धलाई पक्राउ गरिएको र दुईवटा हल्का हतियार बरामद गरिएको बताए।

पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई आधिकारिक रूपमा मान्यता दिएको छैन, तर गत वर्ष अगस्टमा कट्टरपन्थी इस्लामवादीहरूले सत्तापलट गरेपछि पनि उसले आफ्नो दूतावास खुला राखेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार