असार २९, २०८२ आइतबार July 13, 2025

इन्डोनेसियामा विवाहइतर यौनसम्बन्ध राख्नेलाई १ वर्ष कैद सजाय दिइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इन्डोनेसियाको संसदले यही महिना एउटा नयाँ फौजदारी कानून पारित गर्ने अनुमान गरिएको छ, जसअनुसार विवाहइतर सम्बन्ध राख्नेलाई कडा सजायको व्यवस्था हुनेछ । कानुन पारित भएमा विवाहइतहर यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म कैदको सजाय दिइने जनाइएको छ ।

मस्यौदा बनाउने कार्यमा संलग्न राजनीतिज्ञ बाम्बाङ वुरियान्टोले विद्येयक अर्को सातासम्ममा संसदबाट पारित हुने बताए । पारित भएमा कानुन इन्डोनेसियाली नागरिक र विदेशीलाई समान रुपमा लागू हुनेछ ।

विवाहितहरूका लागि उजुरी दर्ता गर्ने अधिकार पीडितका पति वा पत्नीलाई हुनेछ । कानुनले अविवाहित व्यक्तिका आमाबाबुले उनीहरूलाई यौन सम्बन्धको बारेमा रिपोर्ट गर्न अनुमति दिन्छ । नयाँ कानुनले विवाहपूर्वको सम्बनधमा पनि प्रतिबन्ध लगाउने र दोषीलाई ६ महिनाको जेल सजाय तोक्ने व्यवस्था गरेको जनाइएको छ ।

मुस्लिमहरुको बाहुल्यता रहेको इन्डोनेसियामा यसअघि विवाहइतर सम्बन्ध राख्ने व्यक्तिलाई सार्वजनिक रुपमा ढुंगाले हिर्काउनेदेखि कोर्राले हान्ने गरिएका विवरण सार्वजनिक भएका थिए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार