वैशाख २२, २०८१ शनिबार May 4, 2024

भारतको ज्यादतीप्रति नेपाल सरकार रमिते बनेको रास्वपाको आरोप (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय पक्षबाट सीमा क्षेत्रमा भइरहेका ज्यादतीप्रति नेपाल सरकार रमिते बनेको आरोप लगाएको छ ।

भारतले एकतर्फी ढंगबाट महाकालीको बहाव नेपालतर्फ धकेलेरे अनधिकृत पक्की संरचना बनाउन लागेको र त्यसको विरोधमा उत्रिएका नेपालीमाथि आक्रमण हुँदा नेपाल सरकार मूकदर्शक बनेर बसेको सो पार्टीले आरोप लगाएको छ ।

‘अन्तर्राष्ट्रिय सन्धी सम्झौता भारतसँगको हाम्रै द्विपक्षीय सन्धी सम्झौताहरु विपरीत कार्य भइरहंदा पनि सरकार मुकदर्शक बनेर रमिता मात्रै हेरिरहनु हदैसम्मको गैर–जिम्मेवार कार्य हो,’ सो पार्टीका प्रवक्ता डा. मुकुल ढकालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ कुनै पनि नेपाली राजनीतिक दल, त्यसमा पनि सरकार संचालनको जिम्मेवारीमा रहेका दलहरुले केवल आफ्नो राजनीतिक लाभ हेरेर देशको सिमाना र नागरिकको जीवन रक्षाको लागि केही नबोल्ने सरकारले हाम्रो राष्ट्रियता कमजोर हुने गम्भीर जोखिम देखिन्छ । सरकारको गैरजिम्मेवारीले स्थानीय नेपाली नागरिकहरु प्रतिरोधमा उत्रिनु पर्ने बाध्यता बनेको छ ।’

विज्ञप्तिको पूर्णपाठ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेका नेता कार्यकर्ताहरूले भीम रावल एमालेभित्रै रहेर काम गर्नुहोस् भन्ने भावना मैले पाएको छु : एमाले नेता, कर्ण थापा (अन्तवार्ता)
२०८१ वैशाख २१, शुक्रबार
सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित
२०८१ वैशाख २१, शुक्रबार
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
२०८१ वैशाख २१, शुक्रबार
इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता
२०८१ वैशाख २१, शुक्रबार
नेपाल इन्भेस्टमेन्ट मेगासहित ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
२०८१ वैशाख २१, शुक्रबार
बेचैनीमै बिते सरकारका ६० दिन
२०८१ वैशाख २१, शुक्रबार
कस्तो रहला आज दिनभरको मौसम ?
२०८१ वैशाख २१, शुक्रबार