वैशाख १५, २०८१ शनिबार April 27, 2024

सत्ता गठबन्धनको बैठकअघि माधव नेपाल र रघुवीर महासेठले भेटे प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः चुनावको समीक्षा गर्न सत्तागठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ । बैठक दिउँसो ३ बजे बस्‍ने भनिए पनि एक घन्टा ढिलो गरी सुरू भएको हो ।

निर्वाचनपछि पहिलोपटक सत्तारुढ दलको बैठक बसेको हो । आजको बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनको विषयमा छलफल गर्ने मुख्य एजेन्डा रहेको नेताहरूले बताएका छन् ।

बालुवाटार बैठकमा जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । दुवैबीच खुमलटारमा भेट भएको प्रचण्डको निजी सचिवालय स्रोतले जनाएको छ ।

यसैगरी, सोमबार नै प्रचण्डसँग एमाले सचिव रघुवीर महासेठले पनि भेटवार्ता गरेका छन् । महासेठ प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका थिए । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओलीकै सल्लाहमा महासेठ प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् ।

केही दिनअघि ओलीले फोन गरी प्रचण्डलाई सांसद जितेकोमा बधाई दिँदै सहकार्यको प्रस्ताव गरेका थिए । त्यसपछि एमाले र माओवादीबीच फेरि सत्ता समीकरणको चर्चा सुरु भएको हो । बालुवाटार बैठकमा जानुअघि प्रचण्डको माधव नेपाल र रघुवीर महासेठबीच भेटवार्तालाई अर्थपूर्ण मानिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आइपिएल : मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित
२०८१ वैशाख १६, आइतबार
कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता
२०८१ वैशाख १५, शनिबार
उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाले दिए धन्यवाद
२०८१ वैशाख १५, शनिबार
अन्तर व्यवस्थापिका भेलामा सात बुँदे ‘पाल्पा घोषणापत्र’ जारी
२०८१ वैशाख १५, शनिबार
‘विश्वविद्यालयहरूले अनुसन्धनात्मक शिक्षालाई प्राथमिकता दिनुपर्छ’
२०८१ वैशाख १५, शनिबार
संयुक्त मोर्चा र कार्यगत एकता जसपाका प्रमुख कार्यभार : पूर्ण बस्नेत
२०८१ वैशाख १५, शनिबार
इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग
२०८१ वैशाख १५, शनिबार