वैशाख २०, २०८१ बिहिबार May 2, 2024

किन पार्टी फेरिरहन्छन् दीपक मनाङे ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः  मनाङ प्रदेशसभा (ख) बाट सर्वसम्मत निर्वाचित स्वतन्त्र सांसद एवं गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

सोमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबाट अविर र माला लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेशसँगै उनले भनेका छन्, ‘राजनीति कमाउनका लागि होइन । सेवाभावले निस्वार्थ रुपले जनताप्रति समर्पित भएर गरिने कार्य हो । यसलाई विकृत हुनबाट जोगाउनु आजको आवश्यक्ता हो ।’ उनले त्यस पार्टीमा स्वच्छ छवी भएका नेता रहेकाले सोही पार्टीको सिद्धान्तसँग आफ्नो विचार मिलेको बताए । उनले निस्वार्थ सेवाभावका रुपमा राजनीतिलाई चित्रण गरिरहँदा मनाङे आफैँ सत्ताका लागि पटक पटक पार्टी फेर्ने पात्रको रुपमा स्थापित भएका छन् ।

२०७५ सालमा सांसदको सपथ लिनुअघि उनी जेलमा थिए । कर्तब्य ज्यान मुद्दामा दीपक मनाङे २०७४ को चुनावमा मनाङ (ख) बाट निर्वाचित भए । उनलाई तत्कालीन बाम गठबन्धनले सघाएको थियो । निर्वाचित भएपछि करिव ८ महिना जेल बसेर निस्किएका मनाङे तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई नै प्रयोग गरेर संसद छिरे । सभामुख र मुख्यमन्त्रीले नचाहेको भए मनाङेले सपथ लिन समेत पाउने थिएनन् । सपथ लगत्तै उनी नेकपा प्रवेश गरे ।

२०७३ सालमा राप्रपाबाट मनाङ जिल्ला अध्यक्ष सर्वसम्मत चुनिएका दीपक मनाङे २०७४ को निर्वाचनसम्म स्वतन्त्र भैसकेका थिए । उनले सबै राजनीतिक पार्टीबाट सन्यास लिए । राप्रपा कमजोर हुँदै गएको मनाङमा पार्टीबाट चुनाव जित्ने सम्भावना नदेखेका उनले स्वतन्त्र बनेर एमालेको साथ पाए । राप्रपामा आवद्ध हुनुअघि मनाङे कांग्रेससँग निकट थिए । राप्रपा छाडेर केही समय संघीय समाजवादी नेपालसँग पनि आवद्ध भए । मनाङे सांसदमा निर्वाचित भएपछि पक्राउ परेका हुन् ।

नेकपा विभाजनको संकेत पाउने वित्तिकै प्रदेश सभाको संसदीय दलमा नरहेको घोषणा गरे । केही समय उनी सरकारमा युवा तथा खेलकुद मन्त्री बने । गुरुङको सत्ता ढलेपछि मनाङे गठबन्धनतिर ढल्किए । उनले नै समर्थन गरेर गण्डकीमा नयाँ सरकार बन्यो । मंसिर ४ गते सम्पन्न निर्वाचनमा मनाङ (ख) बाट पुनः उम्मेद्वारी दिए । उनका विरुद्धमा एमालेले जिल्ला सदस्यलाई उम्मेदवार बनाएको थियो । मनाङेले एमालेलाई फकाए, आफुलाई सर्वसम्मत निर्वाचित गराए । मनाङे कूटनीतिक छन् । राजनीतिको केन्द्रमा रहन उनले पार्टीलाई ढाल बनाइरहेका छन् । अहिले गण्डकीमा सत्ता गठबन्धनको बलियो बहुमत छ । कांग्रेस र माओवादी मिल्दा पनि सरकार बन्न सक्छ । त्यसो हुँदा स्वतन्त्र चुनाव जितेका मनाङे सरकारमा नअट्ने अवस्था छ ।

त्यसैले मनाङेले दिमाग लगाए, स्वतन्त्रबाट सरकारमा जान नपाउने बुझेपछि उनी सत्ता गठबन्धनकै दलमा प्रवेश गरे । त्यो पनि कमजोर पार्टी, एकीकृत समाजवादीमा । उनी प्रवेश गरेसँगै गण्डकीमा एकीकृत समाजवादीले एक सांसद पाएको छ । उनको प्रवेशले मनाङे र एकीकृत समाजवादी दुवैलाई फाइदा छ । एसले संसदमा प्रतिनिधि पाएको छ भने मनाङेले मन्त्री पाउने छन् । गुण्डा नाइके मनाङे पटक पटक दलहरुलाई झुक्याउँदै सत्ताको चास्नीमा रोमान्स गरिरहेका छन् ।  न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आगलागीले बस्ती जलेपछि गाउँ नै बिचल्लीमा
२०८१ वैशाख २१, शुक्रबार
प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
२०८१ वैशाख २०, बिहिबार
तराईमा लु का कारण बिरामी हुनेको सङ्ख्या बढ्यो, सचेत हुन स्वास्थ्यकर्मीहरूको आग्रह
२०८१ वैशाख २०, बिहिबार
एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?
२०८१ वैशाख २०, बिहिबार
सुदूरपश्चिममा मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रतिवाद गर्ने कांग्रेसको निर्णय
२०८१ वैशाख २०, बिहिबार
धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ
२०८१ वैशाख २०, बिहिबार
प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन
२०८१ वैशाख २०, बिहिबार