कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग अमेरिकी राजदूतको भेट

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी राजदूत डिन आर थोम्पसनबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो एकीकृत समाजवादीको केन्द्रीय कार्यालय शान्तिनगरमा नोपल र थोम्पसनबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले थोम्पसनलाई कार्यकाल सफलताको कामना गरेका थिए । दुवैबीच नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको नेपालको निजी सचिवालयले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया