आज तपाईंहरूले के विषयमा छलफल गर्नुभएको हो?
समसामयिक विषयमा छलफल गरियो। गठबन्धनलाई सुदृढ बनाएर लैजानुपर्यो, देशलाई अझ सशक्त रूपमा अगाडि बढाउनुपर्छ भन्ने कुराकानी गरेका हौं।
छलफलमा नयाँ सरकारको कुरा पनि उठ्यो होला, प्रधानमन्त्रीबारे कसैले मुख खोल्यो त?
मुख खोल्ने त मैले नै हो क्यारे! मैले अलिअलि कुरा राखें। नेपालमा मेरो पक्षमा सहानुभूति नहुने मानिस को होला र!
तपाईं प्रधानमन्त्री हुन त नेताहरूको पनि सहयोग चाहिएला नि!
त्यही त सबै सकारात्मक छन्, अहिलेसम्म सबै राम्रो नै छ।
सहयोगका लागि प्रचण्डले केही भन्नुभयो?
सहयोग गर्नुपर्छ भन्नुहुन्छ। सेतोपाटी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया