काठमाण्डौः राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियक्त गरेकी छन् ।
आइतवार उनले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पारखेललाई नियुक्त गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया