काठमाण्डौः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटवार्तामा नयाँ सरकार गठनबारे छलफल भएको बताइएको छ।स्रोतका अनुसार आगामी सरकार र शक्ति बाँडफाँटका विषयमा दुई नेताबीच छलफल भएको हो। पाँच वर्षे कार्यकालमा प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख जस्ता पदमा शक्ति सन्तुलनलगायतका विषयमा उनीहरुको छलफल भएको बुझिएको छ।
केही दिनअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रचण्डले महासचिव देव गुरुङलाई पठाएका थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया