कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

माधव नेपाल अस्वस्थ, टिचिङ्ग अस्पतालमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल बिरामी परेका छन्। अध्यक्ष नेपाललाई रूघा खोकी, ज्वरो र छातिमा सामान्य संक्रमण देखिएको एकीकृत समाजवादीले जनाएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि नेपाललाई उपचारार्थ मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ।

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको चिकित्सकको टोली संलग्न रहेको एकीकृत समाजवादीले जानकारी दिएको छ।

संक्रमण फैलिन सक्ने जोखिमलाई दृष्टिगत गरी चिकित्सकको सुझाव अनुसार अस्पतालमा सबै भेटघाटहरू बन्द गरिएको पनि पार्टीले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया