असार १५, २०८१ शनिबार June 29, 2024

कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा भएको छ। अमेरिकामा शनिबार (अप्रिल ११) सम्म कोरोना भाइरसका कारण निधन हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको छ।

कोभिड-१९ बारे अपडेट गर्दै आइरहेको वर्ल्डोमिटर्स डट इन्फोका अनुसार नेपाली समयानुसार शनिबार साँझसम्ममा अमेरिकामा मृत्यु हुनेको संख्या १९ हजार ६ सय ६६ पुगेको हो। अमेरिकामा ५ लाख ६ हजार ८ भन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ। त्यस्तै युरोपेली राष्ट इटालीमा पनि १८ हजार ८ सय ४९ जनाको ज्यान गइसकेको छ।

इटालीमा १ लाख ४७ हजार ५ सयभन्दा बढी संक्रमित फेला परिसकेका छन्। अमेरिकामा हिजो एकै दिन मात्र कोरोना भाइरसको संक्रमण दुई हजारभन्दा बढीले ज्यान गुमाएका थिए। मृत्युदर अप्रत्यासित रहेको विश्वको महाशक्ति राष्ट्र अमेरिकामा करिब ११ हजार मानिस अझै गम्भीर अवस्थामा छन्। त्यस्तै अर्को युरोपेली देश स्पेनमा पनि १६ हजार ३ सयभन्दा बढीको ज्यान गइसकेको छ।

स्पेनमा पनि ७ हजार ३ सयभन्दा बढी मानिस गम्भीर अवस्थामा छन्। स्पेनमा १ लाख ६८ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यी तीन देशमध्ये स्पेनमा सबैभन्दा बढी मानिस उपचारपछि निको भएर फर्केका छन्। स्पेनमा ५९ हजार एक सय जना उपचारपछि घर फर्किएका विश्व स्वास्थ्य संगठनले बताएको छ।

कोरोना भाइरसको केन्द्र चीनमा भने विगत २४ घन्टामा ज्यान गुमाउनेको संख्या मात्र ३ छ। जहाँ ४६ जना नयाँ संक्रमित फेला परेका छन्। त्यस्तै चीनमा १ सय ४१ जना मानिस गम्भीर अवस्थामा रहेको डब्ल्युएचओले जनाएको छ। युरोपको शक्तिशाली राष्ट्र बेलायतमा पनि कोरोना भाइरसकै कारण ज्यान गुमाउनेको संख्या ९ हजार ८ सय नाघेको छ।

बेलायतमा पछिल्लो केही घन्टमै ९ सयभन्दा बढीको संख्यमा मानिसको मृत्यु भइसकेको छ। पछिल्लो केही दिनयता बेलायत कोरोना संक्रमणको अवस्था भयावह देखिएको छ। बेलायतमा हालसम्म ३ सय ४४ जना मात्र उपचारपछि निको भएका छन्। त्यस्तै अर्को युरोपेली राष्ट्र फ्रान्समा पनि कोभिड-१९ संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १३ हजार नाघिसकेको छ। फ्रान्समा ७ हजार जना अझै गम्भीर अवस्थामा रहेकाले मृत्युदर अझै बढ्न सक्ने देखिन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पहिरोपीडितलाई आर्थिक सहयोग
२०८१ असार १५, शनिबार
काठमाडौंका यी क्षेत्रमा आज सात घन्टा विद्युत अवरूद्ध हुने
२०८१ असार १५, शनिबार
कमल थापा भन्छन् – रुसमा ३५ नेपालीको मृत्यु भइसक्यो, प्रधानमन्त्री र परराष्ट्रमन्त्री के गर्दै हुनुहुन्छ ?
२०८१ असार १५, शनिबार
रातो किताब अनधिकृत रूपमा सार्वजनिक : उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
२०८१ असार १५, शनिबार
रौतहटमा बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते
२०८१ असार १५, शनिबार
देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री
२०८१ असार १५, शनिबार
लालीगुराँस सहकारी संस्थाका सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ
२०८१ असार १५, शनिबार