कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

गृह मन्त्रालयद्धारा स्वीकृति लिएर मात्रै विदेशीसँग भेट्न सुरक्षा निकायका उच्च अधिकृतलाई निर्देशन {पत्रसहित}

निर्देशनविपरीत कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः गृह मन्त्रालयले स्वीकृतिबिना सुरक्षा निकायका सबै पदाधिकारीलाई राजनीतिक दलका नेता र कूटनीतिक नियोगका अधिकारीहरुसँग भट गर्न प्रतिबन्ध लगाएको छ । मन्त्रालयले स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिइकन राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न सुरक्षा निकायका अधिकारीहरुलाई निर्देशन दिँदै यस्तो प्रतिवन्ध लगाएको हो ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञाप्ति जारी गर्दै यस्तो निर्देशनविपरीत कार्य गरे/गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने जनाएका छन् । सुरक्षा अधिकारीहरुले सरुवा बढुवाका लागि नेताहरुका घर धाउने, आफ्नो पदीय जिम्मेवारी भन्दा अन्य कामका लागि लबिङ गर्ने गर्छन् । यसलाई नियन्त्रण गर्नका लागि गृहरले यस्तो निर्देशन दिएको हो ।

गृह मन्त्रालयद्धारा जारी विज्ञप्तिको पूर्णपाठः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया