कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रधानमन्त्री गृहजिल्ला चितवन जाँदै

नारायणी नमूना माविको हीरक  महोत्सव समारोहको उद्घाटन गर्न प्रधानमन्त्री चितवन जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गृहजिल्ला चितवन जाने भएका छन् ।

प्रधानमन्त्री प्रचण्ड  भरतपुर वडा नं. १०स्थित नारायणी नमूना माध्यमिक विद्यालयको हीरक महोत्सव समारोहको उद्घाटन गर्न चितवन जान लाागेका हुन् ।

चितवन प्रहरीको अनुसार प्रधानमन्त्री बिहानै चितवन जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्री प्रचण्डले विहान हीरक महोत्सवको उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

सोही अवसरमा उनले स्वर्ण र हीरक स्तम्भ अनावरण गर्ने भवन सिलान्यास, हीरकद्वार उदघाटन, हीरक स्मारिका विमोचन गर्ने कार्यक्रम रहेको छ ।

प्रचण्ड प्रधानमन्त्री बनेपछि पहिलो पटक काठमाडौं उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुँदैछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया