काठमाडौंः लोकतन्त्रबादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय सचिवालयले पूर्णता पाएको छ । युनियनका अध्यक्ष शिव लम्सालले सोमबार विधानको व्यवस्था बमोजिम नौ सदस्यीय सचिवालय गठन गरेका हुन् ।
सचिवालयमा अध्यक्ष लम्सालसहित वरिष्ठ उपाध्यक्ष प्रेम केसी , उपाध्यक्षहरु नकुल अर्याल , भीष्मराज ओझा, सलोजा दाहाल, डा. मुरारी अधिकारी, महासचिव दिलिप पौडेल, उपमहासचिव सुलोचना गौतम र कोषाध्यक्ष माधव धिताल रहेका छन् ।
युनियनको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष अनिवार्य हुनेगरी ९ सदस्यीय सचिवालय रहने प्रावधान रहेको छ ।
युनियनको नवौ महाधिवेशन गत साउनमा हेटौंडामा सम्पन्न भएको थियो ।
विज्ञप्ती हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया