काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निजी सचिवमा गोकर्ण उपाध्याय नियुक्त भएका छन्। गृहमन्त्री लामिछानेले उपाध्यायलाई आफ्नो निजी सचिव नियुक्त गरेका हुन् ।
उप-सचिव उपाध्याय गृह मन्त्रालय अन्तर्गत कर्मचारी प्रशासन शाखामा कार्यरत छन्। निजामति तर्फको कर्मचारी प्रशासनको जिम्मेवारी समेत पूरा गर्नेगरी उनलाई निजी सचिवमा नियुक्त गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया