मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

शुक्रराज ट्रपिकल अस्पतालले तीन सय शय्याको भवन निर्माण गर्ने

सरुवा रोग अस्पताल भवनको डिजाइन तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले तीन सय शय्याको नयाँ भवन निर्माण गर्ने भएको छ ।

हाल उक्त अस्पतालमा एक सय शय्या सञ्चालनमा छन् । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनीषा रावलले यसका लागि भवन निर्माणको काम सुरु गर्ने जानकारी दिनुभयो । अस्पताल भवनको डिजाइन तयार भइसकेको छ ।

तीन अर्ब रुपियाँको लागतमा निर्माण हुन लागेको भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ । यसअघि सरकारको प्राथमिकतामा नपरेको सरुवा रोग अस्पताल कोभिड–१९ महामारीपछि केन्द्रमा तीन सय शय्या र सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने योजना बनाइएको थियो ।

टेकु अस्पतालका सूचना अधिकारी नवराज गौतमले नयाँ भवन निर्माण गर्न पुराना भवन भत्काइने बताउनुभयो । उपचारका लागि अस्थायी संरचना निर्माण गरिनेछ । नयाँ भवन छ तलाको हुनेछ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया