कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

देउवा भेट्न धुम्बाराही पुगे उपेन्द्र यादव

मधेस प्रदेशमा सरकार निर्माणका बिषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । बिहीबार धुम्बाराहीमा देउवा र यादवबीच भेटवार्ता भएको हो ।

हालको सत्ता गठबन्धनसँग आबद्ध यादवले देउवासँग समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरेको जनाइएको छ । त्यस्तै यी दुई नेताबीच मधेस प्रदेशमा सरकार निर्माणका बारेमा पनि छलफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया