असार ३, २०८३ बुधबार June 17, 2026

नेपाली दूतावास भियानामाथि मानव तस्करीको आरोप

नेपाली राजदूत भरतकुमार रेग्मीलगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अष्ट्रियाको भियानामा रहेको नेपाली दूतावास क्रोसियामा नेपाली कामदार पठाउने कागजातसम्बन्धी विवादमा तानिएको छ । क्रोयसियामा कामदार पठाउन रोजगार मागपत्र प्रमाणीकरण गर्ने बहानामा नेपाली राजदूत भरतकुमार रेग्मीलगायतको मिलेमतोमा ठूलो संख्यामा श्रमिकहरु युरोप छिराउन लागेको आरोप लागेपछि दूतावास विवादमा मुछिएको हो ।

गैरआवासीय नेपाली संघ अष्ट्रियका पूर्वअध्यक्ष विनोद चौलागाईले दूतावासको संलग्नतामा गैरकानुनी काम भएको बताए । तर, दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ तथा अन्य प्रचलित कानुनबमोजिम तय भएका श्रम गन्तब्य मुलुकहरुमा कामदार पठाउन मात्र पत्र प्रमाणीकरण गर्ने कार्य नेपाली दूतावासको कार्यक्षेत्र रहेको जनाएको छ ।

दूतावासभित्र विचौलियाले अनावश्यक चलखेल गर्न नपाउने र मागपत्र प्रमाणीकरण कार्य पारदर्शी र व्यवस्थित बनाउन सचेत र सजक रहेको दूतावासले दावी गरेको छ । विज्ञप्तिमा सामाजिक सन्जालमा प्रकाशित क्रोयसियामा कामदार पठाउनेसम्बन्धी रोजगार मागपत्र प्रमाणीकरणसँग जोडिएर आएका समाचारहरु भ्रामक रहेको उल्लेख छ ।
दूतावासले प्रचलित कानुनबमोजिम माग पत्र प्रमाणीकरण कार्यलाई व्यवस्थित गर्न विद्यमान व्यवस्थामा रही सुधार गर्नुपर्ने देखिएकाले २०२२ अगष्टदेखि मागपत्र प्रमाणीकरण गर्ने कार्य स्थगित गरिएको जनाएको छ । विज्ञप्तिमा क्रोयसियामा हालै सेन्जेन समूहमा प्रवेश गरेको विषयमा दूतावासपूर्ण रुपमा जानकार रहेको र सो समूहमा प्रवेश भएपछि परिवर्तन हुनसक्ने अध्यागमन तथा श्रमसम्बन्धी कानुनी व्यवस्थाका बारेमा स्पष्ट जानकारी आएपछि मात्र सम्बन्धित मुलुकका कम्पनीहरुबाट प्राप्त हुने माग पत्र प्रमाणीकरण कार्य सुचारु गरिने उल्लेख छ ।

यसअघि गैरआवासीय नेपाली संघ अष्ट्रियका निवर्तमान अध्यक्ष विनोद चौलागाई र सञ्चारकर्मी बाबाराजेश्वरी थापाले अष्ट्रियाका लागि नेपाली राजदूत, कर्मचारीहरु र एनआरएनए अष्ट्रियाको समेत संलग्नतामा मानव तस्करी भएको भन्दै हेलो सरकारमा उजुरी दर्ता गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार