काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज छलफल हुने भएको छ । मन्त्री लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतमा दर्ता भएको रिटमा आज छलफल हुने भएको हो ।
मन्त्री लामिछाने सांसद हुन अयोग्य रहेको भन्दै शपथ रोक्न माग गरेर सर्वोच्च रिट दायर गरिएको थियो । सर्वोच्चले प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश दिन अस्वीकार गरेपनि त्यससम्बन्धी निर्णय गर्न दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।
प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी नभएपछि उनलाई शपथ लिनका लागि बाटो खुलेको थियो । उनी गृहमन्त्री नियुक्त भइसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया