श्रावण ५, २०८२ सोमबार July 21, 2025

ब्लुबक तथा लाइसेन्स हरायो, नो टेन्सन ? अब अनलाइनबाटै सिफारिस लिन पाइने

ब्लुबक तथा लाइसेन्स हराए ट्राफिक प्रहरीको वेबसाइटमार्फत सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपिसहित अनलाइन फारम भर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको सवारीसाधनको कागजपत्रको प्रतिलिपि सिफारिस अब अनलाइनमार्फत पाउन सकिने भएको छ । कार्यालयले सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै अङ्ग्रेजी नयाँ वर्ष २०२३ बाट यो सेवा सञ्चालनमा ल्याएको हो ।

यसअन्तर्गत सवारी चालक अनुमतिपत्र (लाइसेन्स), सवारी दर्ता किताब (ब्लु बुक) र सवारी इजाजतपत्र हराएमा सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारिक वेबसाइटमार्फत सम्बन्धित व्यक्तिको परिचयपत्रको प्रतिलिपिसहित अनलाइन फारम भर्नुपर्ने हुन्छ ।

अनलाइन फारम भरेको ७२ घण्टापछि अनलाइनमार्फत नै हराएको कागजपत्रको सिफारिस उपलब्ध गराइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्देश्यले यो सुविधा लागू गरिएको महाशाखाको भनाइ छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया