मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

बाँकेको खजुरामा पनि दादुरा बिरामी भेटिए

नेपालगञ्जमा मात्रै दादुरा संक्रमित बालबालिका ६३ जना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेको खजुरामा पनि दादुराका बिरामी भेटिएका छन् ।

नेपालगञ्जमा दादुराको प्रकोप बढेका बेला खजुरा गाउँपालिकामा समेत संक्रमण देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार खजुरा गाउँपालिका वडा नम्बर ६ मा ११ वर्षीय बालकमा दादुरा देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

नेपालगञ्जमा भने संक्रमण बढ्दो छ । नेपालगञ्जमा हालसम्म ६३ जना दादुरा संक्रमित बालबालिका भेटिएका छन् ।

नेपालगञ्जमा अहिले खोप लगाउने काम भइरहेको छ । खोप अभियान सुरु भएको दुई दिनमा नेपालगञ्जका वडा नम्बर ५, ७ र ८ का १२५८ बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको नेपालगञ्ज उपमहाानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया