अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण हुने कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्म ३० हजार ९२५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी न्यूयोर्क सिटीमा १० हजार ८९९ जनाको ज्यान गएको छ ।
कोभिड–१९ बाट ३० हजार भन्दा बढी मानिसको ज्यान जाने अमेरिका मात्रै एक देश हो । यस्तै संक्रमितको संख्या पनि अमेरिकामा ६ लाख ३९ हजार भन्दा बढी पुगेको छ।
विश्वविद्यालयका अनुसार विश्वभर हालसम्म एक लाख ३७ हजार २० जनाको कोभिड–१९ बाट ज्यान गएको छ । यस्तै संक्रमितको संख्या पनि २० लाख ६४ हजार भन्दा बढी रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया