कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रिय एकता दिवशको अवशरमा सार्वजनिक विदा दिने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सरकारले पुस २७ गते अथार्त पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

फाइल तश्वीर

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक विदा दिन माग गर्दै आएको थियो ।

सत्ता साझेदार दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक विदा दिने उल्लेख थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विस्वासको मत लिनु अघिल्लो दिन राप्रपाको माग बमोजिमको माग सहित न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद बैठकले पारित गरेको हाे ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया