कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

प्रदेश १ का मुख्यमन्त्री कार्कीले २९ पुसमा विश्वासको मत लिने

सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री चयन भएका कार्कीलाई एमाले, माओवादी, राप्रपा र जसपाको समर्थन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । २५ पुसमा मुख्यमन्त्रीको शपथ लिएका कार्कीले संसद सचिवालयलाई विश्वासको मत लिने व्यवस्था गर्न सूचना दिएका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट मुख्यमन्त्री चयन भएका कार्कीलाई एमाले, माओवादी, राप्रपा र जसपाको समर्थन छ । ९३ सदस्यीय सभामा बहुमतका लागि ४७ सिट आवश्यक पर्छ ।

एमालेसँग ४० र माओवादीसँग १३ सिट छ । केन्द्रीय गठबन्धनमा सामेल रहेको राप्रपाको ६ सिट र जसपाको १ सिट थपिँदा सरकारलाई ६० सांसदको समर्थन पुग्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया