काठमाडौं । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४८० पुगेको छ । पछिल्लो २४ घण्टामा ४३ जनाको मृत्यु भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्या पनि झण्डै एक हजारले थपिएको छ पछिल्लो २४ घण्टामा । अहिलेसम्म भारतमा कुल संक्रमितको संख्या १४ हजार ३७८ पुगेको छ । त्यसमध्ये १९ सय ९१ जनालाई भने निको भएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया