कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

मुख्यमन्त्री शर्मालाई यामलाल कँडेल जवाफ- कुराले मात्र कर्णालीकाे विकास हुँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फोटो टाँस्न र समय बिताउनमात्रै खोजिएको हो भने अन्यथा कर्णाली विकास हुन नसक्ने बताएका छन् । मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिने सैद्धान्तिक छलफलमा बोल्दै नेता कँडेलले मुख्यमन्त्रीको फोटो टाँस्न र समय बिताउन मात्रै सहज भए पनि विकास गर्न कठिनाइ हुने बताए ।

मुख्यमन्त्री शर्माले विश्वासको मत माग्दा सुनाएका योजनाबारे प्रतिक्रिया दिँदै नेता कँडेलले भने, ‘पढेजस्तै हो भने सबै कुरा देखिए । यी मनचिन्ते झोलाले विकास गर्न सकिँदैन ।’

प्राथमिकता प्रदेश तहको हो वा वडा तहको संरचना हो हेक्का राख्नुपर्ने अवस्था रहेको बताए । ‘यही वा त्यही भन्दिनँ । राजधानी पहिलो पटक तोक्यौं । तोक्नका लागि मात्र तोकिएको होइन । हिजोको संरचना बनेका कारणले गर्दा साइन बोर्ड राख्ने ठाउँ सुर्खेतमा थियो । तर, प्राथमिकता प्रदेश संरचनाअनुसार निर्माण नभएको हिजो तपसिलको विषय बन्यो अब तपाईं के गर्नु हुन्छ ? ’ उनले भने, ‘दानदातव्यबाट कर्णाली बनाउने कुरा गर्‍यौं भने हामी भिखारी बन्नुबाहेक अरु हुँदैन ।’ उनले कर्णाली बनाउने अभिभारा हो भने समय बिताउने कुरा नगर्न उनले आग्रह गरे ।

प्रदेशसभाको अघिल्लो कार्यकाल कर्णाली बनाउने कुरामा होइन आफू बन्ने कुरामै ध्यान केन्द्रीत भएको बताए । ‘अघिल्लो पटक हुने काम गर्‍यौं । नहुने काम पनि गर्‍यौं,’ कँडेलले भने, ‘कतिपयले किन थाहा नपाएको होला भनेर जिज्ञासा राख्ने गरेका छन् । तर, आफुले थाहा पाएर नगरेका कारण अरुले पद प्राप्त गरेकाहर”को हालत देखेको छु ।’

उनले योजना छनोटको विधि र तरिका बारे प्रश्न गरे । ‘निश्चित मान्छेलाई पालन पोषण गर्नेगरि कृषि मन्त्रालयबाट हाइटेक नर्सरी सेटिङमा बनाउने काम भए । त्यसकारण अब योजना छनोट गर्ने तरिका र विधि के हो ?  उनले प्रश्न गर्दै भने ।

कर्णालीमा पर्याप्त स्रोतसाधन चाहिने जति भएको बताए । उनले यहाँको खर्च गर्ने स्रोत बढाउनुपर्ने बारे छलफल चलाउनुपर्ने धारणा व्यक्त गरे । पुँजीगत खर्च बढाउने कुरा कर्णालीका लागि चुनौतीको विषय भएको उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धान काट्न व्यस्त छन् इलामका किसान
२०८३ कार्तिक ३०, सोमबार
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार