असार २२, २०८२ आइतबार July 6, 2025

‘राष्ट्रपति कार्यालयका ४० जनामा’ कोरोना भाइरसको संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

अफगानिस्तानका राष्ट्रपतिको कार्यालयमा कार्यरत कम्तिमा ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सुरुमा राष्ट्रपति कार्यालयका २० कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको बताइए पनि यो सख्या ४० पुगेको आइतबार द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ । अफगानिस्तान सरकारले यो विषयमा अहिलेसम्म केही पनि बताएको छैन ।

राष्ट्रपति अश्रफ घानीमा पनि संक्रमण भएको हुन सक्ने आशंकाबिच त्यसबारे केही बताइएको छैन । ७० वर्षका घानीलाई सन् १९९० को दशकमा पेटको क्यान्सर भएको थियो ।

गएको शनिबार एक सरकारी अधिकारीले राष्ट्रपति कार्यालयका कम्तिमा २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको तर अत्तालिने अवस्था सिर्जना नहोस् भन्नका लागि बाहिर नल्याइएको समाचार संस्था एएफपीसँग बताएका थिए ।

अफगानिस्तानमा हालसम्म ९९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र ३३ जनाको मृत्यु भएको सरकारी तथ्यांक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार