कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

तिलगंगा आँखा अस्पताललाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दूक रुइत र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालय बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् । तिलगंगा आँखा अस्पतालका निर्देशक डा. सन्दूक रुइत र प्रधानमन्त्री प्रचण्डबीच भएको भेटवार्तामा उक्त प्रतिवद्धता व्यक्त गरेका हुन् ।

मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक रहेकोले यससम्बन्धी अवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल गर्ने प्रचण्डको भनाई छ । उक्त भेटको अवसरमा प्रधानमन्त्री प्रचण्डले हालै डा. रुइत बहराइन सरकारद्धारा प्रदान गरिएको इसा अवार्डबाट सम्मानित भएकोमा बधाई व्यक्त गरे । यो सम्मानले सिंगो नेपालकै शिर उच्च राखेको बताउँदै नेपालमा अन्तराष्ट्रियस्तरका दक्ष जनशक्ति छन् भन्ने सन्देश दिएको प्रधानमन्त्रीले बताए ।

उक्त भेटमा डा.रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागि समेत नेपालमा नै औषधि उत्पादन गर्न सकिने सम्भावनाको बारेमा चर्चा गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार