मेलम्ची । स्थानीय तह र स्थानीयवासीबीच स्वास्थ्य तथा खाद्यान्न सामाग्री भित्र्याउने सहमतिसँगै तातोपानी नाकाबाट सामाग्री आयातमा वृद्धि भएको छ ।
गत साताबाट पुनः सञ्चालनमा आएको सो नाकाबाट आइतबार सबैभन्दा धेरै चार कन्टेनर स्वास्थ्य सामाग्री नेपाल भित्रिएको छ ।
तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य सामाग्री बोकेका चार वटा कन्टेनर नेपाल भित्रिएको जनाउँदै दुवै देशका नागरिकले मितेरी पुल पार गर्दा स्वास्थ्य सहयोगी देखाउनुपर्ने र दुवैतिर हेल्थ डेस्क स्थापना गरिएको बताएका छन । अहिले नाकाबाट निर्वाद रुपमा सामान आयात भइरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया