कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमालेका फरार सांसद कोइरीसहित ६ जनाको विभूषण रद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं:सरकारले सुरक्षाकर्मी हत्या अभियोगमा फरार रहेका सांसद लक्ष्मी महतो कोइरीसहित ६ जनाको जनाको विभूषण रद्ध गरेको छ ।

मन्त्रिपरिषद्को गत साता बसेको बैठकले उनीहरूको विभूषण रद्ध गर्ने निर्णय गरेको हो ।

विभूषण रद्ध गरिएकाहरुमा सशस्त्रका असई थमन विक हत्या अभियोग लागेका एमाले सांसद लक्ष्मी महतो कोइरीसहित भ्रष्टाचार मुद्दा खेपिरहेका उद्योगी पशुपति मुरारका, व्यापारी चिराग गोयल, शिक्षकहरू हरिप्रसाद कँडेल, यामबहादुर श्रेष्ठ र कर्मचारी शेरबहादुर श्रेष्ठ रहेका गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले जानकारी दिए।

देउवा सरकारले गरेको विभूषण दिने सूचीमा रहेका केही व्यक्तिहरु विवादित रहेका भन्दै आलोचना भएपछि उनीहरूको नाम रद्ध गरिएको हो । मन्त्रिपरिषद्को निर्णय अनुसार विभूषण रद्ध भएकाहरूको नाम राष्ट्रपति कार्यालय पठाउन लागिएको पोखरेलले जानकारी दिए।

’प्रबल जनसेवाश्री’ घोषणा गरिएका सांसद कोइरीलाई २०७२ भदौ २५ मा मधेसमा भएको सरकारविरोधी प्रदर्शनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्याको अभियोग छ। महतोलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । का फरार व्यक्ति हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार