कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणको निगमलाई निर्देशन

एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न निर्देशन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एयर ट्राफिक कन्ट्रोलरको निर्देशन पालना नगरेको कसुरमा नेपाल वायुसेवा निगमका ५ जना पाइलटलाई निलम्बन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई निर्देशन दिएको छ ।

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार काठमाडौंबाट हङकङ उडानको जहाजका तीन जना र काठमाडौंबाट जापान उडानको जहाजमा रहेका दुई जना पाइलटलाई निलम्बन गर्न निर्देशन दिइएको उनले जानकारी दिए ।

उनका अनुसार हङकङ उडेको जहाजका पाइलट नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई एटीसीको निर्देशन पालना नगरेको कसुरमा निलम्बन गर्न भनिएको हो । जापान उडेको जहाजमा रहेका वाईपी ज्वार्चन र प्रसन्न रानालाई समेत सोही कसुरमा निलम्बनको निर्देशन दिइएको निरौलाले जानकारी दिए । उनका अनुसार काठमाडौंबाट ती गन्तव्यमा उडान गर्ने क्रममा पाइलटहरुले एटीसीको निर्देशन पालना नगरेको देखिएको छ । प्राधिकरणका अनुसार यी दुवै उडान शुक्रबारका थिए । यी दुवै उडानमा एटीसीको निर्देशन के थियो भन्ने चाहिँ प्राधिकरणले खुलाएको छैन ।

निरौलाका अनुसार प्राधिकरणको निर्देशन निगमले पालना गर्नु पर्छ । त्यसपछि निलम्बनका परेका पाइलटसँग प्राधिकरणले छुट्टै छलफल गर्छ । त्यसपछि थप निर्णय हुने उनले जानकारी दिए । प्राधिकरणको निर्देशनसँगै यी पाइलटले जहाज उडाउन पाउँदैनन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कोप–३१ सफल बनाउन वार्तामा लचकता अपनाउन सबै राष्ट्रलाई साइमन स्टिलको आग्रह
२०८३ कार्तिक ३०, सोमबार
मिनी संसद्को विधायिकी कार्य सुस्त
२०८३ कार्तिक ३०, सोमबार
आजको मौसम : कोशीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक ३०, सोमबार
रास्वपा सांसदहरूमा बढ्दो विदेश भ्रमणको मोह
२०८३ कार्तिक ३०, सोमबार
एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली घोषणा
२०८३ कार्तिक ३०, सोमबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८३ कार्तिक ३०, सोमबार
जथाभाबी एन्टिबायोटिक प्रयोग : बढ्दै छ औषधी प्रतिरोधको जोखिम
२०८३ कार्तिक ३०, सोमबार