बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

ओलीले बोलाए नेकपा सचिवालय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालयको बैठक बोलाएका छन्। ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ः३० बजे बस्ने गरी सचिवालय बैठक बोलाएका हुन्।

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजनका लागि खुकुलो हुने गरी केन्द्रीय समिति वा संसदीय दलमध्ये एकातिर मात्रै ४० प्रतिशत पुर्याए हुने गरी राजनीतिक दल सम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयपछि नेकपा नै विभाजन हुने हो कि भन्ने तरंग पैदा भएको अवस्थामा ओलीले सचिवालय बैठक बोलाएका हुन्।

बैठकमा अध्यादेश, कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि भएको प्रयास लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया