वैशाख ७, २०८१ शुक्रबार April 19, 2024

नेपाली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय काठमाण्डौं पुगे रवि लामिछाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली नागरिकताको प्रमाणपत्र लिन रवि लामिछाने काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेका छन्।

जिल्ला प्रशासन कार्यालयमा पुगेर लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिने प्रक्रिया सुरू गर्न लागेका हुन्।

रविलाई नागरिकता लिन अमेरिकाको नागरिकता त्यागेको निस्सा, पुरानो नागरिकताको प्रमाणपत्र वा प्रतिलिपि, तस्बिर र एक फारम भरेर पेश गर्नुपर्ने छ।

सर्वोच्च अदालतले लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको थियो। उनले पार्टी सभापति, सांसद र उपप्रधान तथा गृहमन्त्री पद एकै पटक गुमाएका थिए।

अदालतको फैसलापछि लामिछानेले शुक्रबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। गत मंसिर ४ गतेको निर्वाचनमा उनी चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया