चैत्र १९, २०७९ आइतबार April 2, 2023

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दाहाल र ओलीबीच केहीबेर अघि भेटवार्ता सुरु भएको हो ।

वार्तामा समसामयिक राजनीतिक तथा नयाँ गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।

माओवादीले संख्या र शक्तिका हिसाबले पनि कम मन्त्रालय पाएको छ । शुक्रबार बसेको स्थायी कमिटी बैठकमा पनि मन्त्रालयका सवालमा असन्तुष्टि व्यक्त भएका थिए । बैठकमा सहभागीहरुले मन्त्रालय बाँडफाँटको सवालमा भएको सहमति पनि पालना नभएको बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया