वैशाख १२, २०८१ बुधबार April 24, 2024

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता कार्यालयको २०७८–७९ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति कार्यालयस्थित शीतल निवासमा आज आयोजित एक समारोहमा महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले प्रतिवेदन पेस गर्नुभयो ।

नेपालको संविधानअनुसार महान्यायाधिवक्ताले प्रत्येक वर्ष वार्षिक प्रतिवेदन बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिवेदनमा महान्यायाधिवक्ता कार्यालयले वर्षभरिमा गरेका संवैधानिक एवं कानुनी विषयमा दिएको राय सल्लाहको विवरण, सरकारवादी भइचलेका मुद्दासम्बन्धी विवरण, सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दाको विवरण समावेश गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया