वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन जना चुनावी मैदानमा

तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीनजना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो ।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुँदैछ ।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाव चिह्नसमेत प्रदान गरि सकिएको जानकारी दिए। उनका अनुसार एमालेवाट कुमार दसौती, नेपाली कांगेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिवाट राजेन्दृविर राय रहेका छन ।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरी तीन सय पाँचजना मतदाता छन् । जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू छन् । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।

लुम्बिनी प्रदेशमा १०९ स्थानीय तह र प्रदेश सभामा ८७ सांसद छन् । यसरी हेर्दा उपनिर्वाचनका ३०५ मतदाता रहेका प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस सबैभन्दा ठूलो शक्तिमा छ । स्थानीय तहबाट कांग्रेसका प्रमुख २१, अध्यक्ष २७, उपप्रमुख १२, उपाध्यक्ष ३२ गरी कूल ९२ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको मतभार १ हजार ६५६ हुन आउँछ । प्रदेश सभामा कांग्रेसका २७ जना सांसद छन् । ४८ जनाले गणना गर्दा उनीहरूको मतभार १ हजार २९६ हुन आउँछ ।

यसरी हेर्दा स्थानीय तह र प्रदेश सभामा गरी कांग्रेससँग कूल २ हजार ९५२ मतभार रहेको छ । स्थानीय तहतर्फ नेकपा एमालेको प्रमुख ९, अध्यक्ष १८, उपप्रमुख १६, उपाध्यक्ष २४ गरी ६७ जना छन् । उनीहरूको मतभार १ हजार २०६ छ । प्रदेश सभामा एमालेका २९ जना सांसद निर्वाचित भएका छन् । उनीहरूको मतभार १ हजार ३९२ छ ।

एमालेसँग स्थानीय र प्रदेशतर्फ गरी कूल २ हजार ५९८ मतभार छ । नेकपा माओवादी केन्द्रबाट स्थानीय तहतर्फ प्रमुख ३, अध्यक्ष २२, उपप्रमुख ४, उपाध्यक्ष ११ गरी ४० जना निर्वाचित भएका छन् । उनीहरूको मतभार ७२० रहेको छ । प्रदेश सभामा माओवादीका १० सांसद छन् । उनीहरूको मतभार ४८० हुन्छ । प्रदेश र स्थानीय तहतर्फ गरी माओवादीसँग कूल १ हजार १६६ मतभार छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का स्थानीय तहमा प्रमुख १, उपप्रमुख १, उपाध्यक्ष १ गरी ३ जना छन् । उनीहरूको मतभार ५४ हुन्छ । प्रदेश सभातर्फ ४ सांसदको मतभार १९२ हुन्छ । राप्रपाको कूल मतभार २४६ रहेको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख १, उपप्रमुख २, अध्यक्ष २ र उपाध्यक्ष १ गरी ६ जना छन् । उनीहरूको मतभार १०८ छ । प्रदेश सभाका ३ सदस्यको १४४ मतभार हुन आउँछ । यहाँ जसपासँग कूल २५२ मतभार छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष २, उपाध्यक्ष २ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । लोसपाका प्रदेश सभामा ३ सांसदको मतभार १४४ छ । यससँगै लोसपासँग कूल २१६ मतभार छ ।

राष्ट्रिय जनमोर्चाका प्रमुख १, उपप्रमुख १, अध्यक्ष १, उपाध्यक्ष १ गरी ४ जना छन् । उनीहरूको मतभार ७२ हुन आउँछ । प्रदेश सभामा जनमोर्चाका १ सांसद छन् । यहाँ जनमोर्चाको मतभार १२० हुन आउँछ ।

जनता प्रगतिशील पार्टी नेपालबाट अध्यक्ष १, उपाध्यक्ष १ गरी २ जना छन् । उनीहरूको मतभार ३६ हुन्छ । प्रदेश सभामा जनमत पार्टीका पनि ३ सांसद छन् । उनीहरूको मतभार १४४ छ । नागरिक उन्मुक्ति पार्टीका ४ सांसदको १९२ मतभार छ । स्वतन्त्र २ सांसदको मतभार ९६ छ । नेकपा एकीकृत समाजवादीका प्रदेश सभामा १ सांसद छन्, उनको मतभार ४८  छ । नेकपा एसले स्थानीय तहमा कुनै पनि पालिकामा जितेको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
२०८१ वैशाख १४, शुक्रबार
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा बढी विद्यार्थी दीक्षित
२०८१ वैशाख १४, शुक्रबार
खेल क्षेत्रको बजेट बढाउन जरुरी : डा. महत
२०८१ वैशाख १४, शुक्रबार
हस्तकला व्यवसायले आयात प्रतिस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने : मन्त्री भण्डारी
२०८१ वैशाख १४, शुक्रबार
जनताका मुद्धालाई केन्द्रमा राख्दै कम्युनिष्ट आन्दोलनलाई एकतातर्फ लैजानुपर्छ : अध्यक्ष नेपाल
२०८१ वैशाख १४, शुक्रबार
६४ प्रतिशत महिला स्वास्थ्य स्वयंसेविकाको छैन स्वास्थ्य बिमा
२०८१ वैशाख १४, शुक्रबार