चैत्र १६, २०८० शुक्रबार March 29, 2024

युक्रेनको सहयोगका लागि दुई राष्ट्रपतिको भेटवार्ता

युक्रेनलाई अष्ट्रियाले मात्रै २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः युक्रेन र अष्ट्रियाका राष्ट्रपतिका बीचमा बुधबार भेटवार्ता भएको बताइएको छ । हाल युक्रेनको भ्रमणमा रहनुभएका अष्ट्रियाका राष्ट्रपति अलेक्जेन्डर वान डेर बेलेनसँग युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलिन्स्किले भेटवार्ता गर्नुभएको हो ।

उहाँहरुका बीचमा युक्रेनको राजधानी किभमा बुधबार भेटवार्ता भएको बताइएको छ । सो भेटका क्रममा युक्रेनको सहयोगका विषयमा छलफल भएको बताइएको छ । भेटपछि युक्रेनका राष्ट्रपति जेलिन्स्किीको प्रेस सेवाले जानकारी दिएको छ । रुसले आक्रमण गरेर ध्वस्त भएको युक्रेनका लागि हाल विश्वका देशहरुले सहयोग गर्दै आएका छन् ।

फाइल तश्वीर

युरोपियन युनियनले पनि युक्रेनलाई विगत लामो समयदेखि सहयोग गर्दै आएको छ । यस क्रममा आफूहरुले पनि युक्रेनलाई सहयोग प्रदान गर्ने प्रतिबद्धता सो क्रममा अष्ट्रियन राष्ट्रपतिले जानकारी दिनुभएको थियो ।

त्यस अवसरमा युक्रेनी राष्ट्रपति जेलिनिस्कीले युक्रेनलाई सहयोग गर्दै आएकामा अष्ट्रियालाई धन्यवाद दिनुभएको थियो । युक्रेनलाई अष्ट्रियाले विगतमा गरेर २१ करोड ९० लाख अमेरिकी डलर बराबरको सहयोग गरेकाे थियो । सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया