वैशाख १२, २०८१ बुधबार April 24, 2024

आजको मौसम : देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने

बिहान लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः काठमाण्डौंसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागिरहेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसाे देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीन/चार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो ।

यसपालिको हिउँदमा वर्षा र हिमपात खासै हुन सकेको छैन । यसले गर्दा डढेलो र आगजनीका घटना बढ्न थालेका छन् । हिउँ नपरेपछि हिमाल कालापत्थरमा परिणत भएका छन् । यस्तै कृषि बालीमा पनि क्षति पुगेको छ भने विद्युत् उत्पादनमा पनि असर परेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया