वैशाख १४, २०८१ शुक्रबार April 26, 2024

सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः क्रिकेटर सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेशविरुद्ध परेको मुद्दामा सर्वाेच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको छ ।

गत २८ पुसमा उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय दायर गरेको रिटमा शुक्रबार सुनुवाइ गर्दै सर्वाेच्च अदालतले लामिछानेविरुछ दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने आदेशसम्मको सबै कागजात मागेको हो ।

सर्वाेच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।

नाबालिग बलात्कार अभियोगमा पुर्पक्षका लागि जेल जीवन बिताइरहेका लामिछाने उच्च अदालतको आदेशअनुसार २० लाख धरौटी बुझाएर गत २९ पुसमा रिहा भएका थिए ।

तर, उनलाई धरौटीमा रिहा गर्ने आदेश बदरको माग राखेर महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा निवेदन दिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कांग्रेसलाई वर्ग शत्रु ठानेर अगाडि बढे पार्टी सकिन्छ – अध्यक्ष नेपाल
२०८१ वैशाख १५, शनिबार
धरौटी बुझाएपछि रिहा भए दिपेश पुन
२०८१ वैशाख १४, शुक्रबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिममा चार खेलाडी थपिए
२०८१ वैशाख १४, शुक्रबार
संसद्लाई प्रभावकारी बनाए मात्र सङ्घीयता कार्यान्वयनमा सहजता : सभामुख
२०८१ वैशाख १४, शुक्रबार
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
२०८१ वैशाख १४, शुक्रबार
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
२०८१ वैशाख १४, शुक्रबार
निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि
२०८१ वैशाख १४, शुक्रबार