चैत्र १६, २०८० शुक्रबार March 29, 2024

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त

खड्कालाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा दैलेखको महावु गाउँपालिका–३ का नरबहादुर खड्का नियुक्त भएका छन्।

मुख्यमन्त्री राजकुमार शर्माले नेपालको संविधान, २०७२ को धारा १६० बमोजिम खड्कालाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरियोस् भनी बिहीबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष सिफारिस गरेका थिए। खड्कालाई प्रदेश प्रमुख परियारले आज मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

खड्कालाई उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश माधवप्रसाद पोखरेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। सर्वोच्च अदालत बार एशोसियसनको सदस्यका रुपमा काम गर्दै आएका नवनियुक्त मुख्य न्यायाधिवक्ता खड्काले व्यवस्थापन र कानुनमा स्नातकोत्तर तह अध्ययन गरेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया