असार २१, २०८२ शनिबार July 5, 2025

अमेरिकामा बेरोजगारी दर पाँच वर्ष यताकै न्यून

आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत महिना अमेरिकी रोजगारीमा अप्रत्यासित रूपमा वृद्धि भएको सरकारी तथ्याङ्कले देखाएको छ । आर्थिक गतिविधिलाई बढाउने सरकारी प्रयासपछि बेरोजगारी दर पाँच दशकयताकै न्यून दरमा झरेको हो ।

विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र मानिने अमेरिकाको श्रम विभागले एक रिपोर्टमा भनेको छ, “जनवरीमा पाँच लाख १७ हजार रोजगारी थपिएपछि रोजगारीको दर ३.४ प्रतिशतमा झरेको छ ।”

“अवकाश र आतिथ्य, आर्थिक तथा व्यावसायिक सेवा र स्वास्थ्य सेवामा भएको वृद्धिका कारण रोजगारीको वृद्धि व्यापक भएको छ,” प्रतिवेदनमा भनिएको छ ।

यो आँकडा नीति निर्माताहरूका लागि चिन्ताजनक सावित हुनसक्छ । किनकी यसले रोजगारीको लाभमा थप गिरावटको अपेक्षालाई अस्वीकार गर्दछ र गत डिसेम्बरको दुई लाख ६० हजार रोजगारीको सङ्ख्याबाट तीव्र वृद्धिको सङ्केत गर्दछ ।

केन्द्रीय बैंकरहरूले बढ्दो मुद्रास्फीतिलाई कम गर्न आक्रामक अभियान सुरु गर्दा, चिन्ताको एक प्रमुख क्षेत्र श्रम बजार भएको छ । अमेरिकी श्रम बजारमा उपलब्ध कामदारहरूको आपूर्तिभन्दा बढी माग छ र रोजगारदाताहरू महामारीको समयका आफ्ना कर्मचारीहरू कायम राख्न उत्सुक छन् ।

सामान्यतया ब्याज दर बढ्दै जाँदा बेरोजगारी बढ्ने देखिए पनि बेरोजगार दर ऐतिहासिक रूपमा न्यूनस्तरमा रहेको छ ।

फेडरल रिजर्भले पनि उच्च तलबले सेवा मुद्रास्फीतिमा योगदान गर्नसक्छ भन्ने चिन्तामा ज्याला वृद्धिको निगरानी गरिरहेको छ ।

जनवरीमा औसत अमेरिकीको प्रतिघण्टा आम्दानी ०.३ प्रतिशतले बढेर ३३.०३ डलर पुगेको श्रम विभागले जनाएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार