चैत्र १९, २०७९ आइतबार April 2, 2023

रूसी इन्धनको मूल्य नियन्त्रणबारे सहमति खोज्ने ईयूको प्रयास

ईयूमा दोस्रो प्रतिबन्ध आइतबारदेखि लागू हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी पेट्रोलियम पदार्थको मूल्य नियन्त्रणका लागि शुक्रबार एक सम्झौताका लागि पहल थालेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि गरेको आक्रमणलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय प्रयासको पछिल्लो हिस्साका रुपमा यो कदम चालिएको हो ।

ईयूले गत डिसेम्बरमा समुद्री मार्गबाट आउने रूसी कच्चा तेललाई प्रतिबन्ध लगाएको थियो र जी–७ का साझेदारसँग मिलेर विश्वभर निर्यातका लागि प्रतिब्यारेल ६० डलरको सीमा तोकेको थियो ।

अब पेट्रोल, डिजेल र इन्धनजस्ता रूसी प्रशोधित तेल उत्पादनहरूलाई लक्षित गरी ईयूमा दोस्रो प्रतिबन्ध आइतबारदेखि लागू हुने भएको छ ।

त्यस्तै, ईयू र जी–७ समूहले पनि ती उत्पादनको विश्व बजारमा रूसी ढुवानीमा मूल्य सीमा तोक्न सहमत भएका छन् ।

इयूले डिजेलजस्ता महँगा उत्पादनमा प्रतिब्यारेल १०० डलर र इन्धन तेलजस्ता सस्तो उत्पादनमा ४५ अमेरिकी डलरको सीमा तोक्ने आफ्नो कार्यकारी निकायको प्रस्तावलाई भने अस्वीकार गरेको छ ।

कूटनीतिज्ञहरूका अनुसार पोल्याण्ड र बाल्टिक राष्ट्रहरू, जसले रूसको प्रतिबन्धहरूमा ईयूमा सबैभन्दा कडा अडान लिएका छन्, मस्कोको आयलाई थप नियन्त्रण गर्न मूल्य घटाउन दबाब दिइरहेका छन् ।एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया