जेठ ३०, २०८३ शनिबार June 13, 2026

बिपक्षी दलवाट राष्ट्रियसभा उपाध्यक्ष उम्मेदवार टुंगो लागेन, बैठक भोली पनि बस्ने

राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरे पनि नाम भने अझै सार्वजनिक गरेको छैन ।

बिपक्षी दलका नेताहरुलाई सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठकमा बोलाए पनि उसले आफनो पार्टीको तर्फवाट को उम्मेदवार दिने भन्ने जानकारी भने गराएन । सो पार्टीका प्रमुख सचेतक रमेश लेखकका अनुसार २३ माघमा हुने राष्ट्रिय सभा उपाध्यक्षका लागि साझा उम्मेदवार बनाउने सहमति भएपनि नाम भने अझै चयन भएको छैन । यद्धपी, आजको बैठकमा प्रारम्भिक कुरा भएकाले भोली बस्ने बैठकवाट नाम टुंगाइनेछ ।

कांग्रेसले यसअघि नै पदाधिकारी बैठकवाट राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी लिने निर्णय गरिसकेको छ । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सो पार्टीवाट कोही पनि उम्मेदवार नहुने जानकारी गराई सकेका छन्  ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीले भने सो बारेमा कुनै धारणा सार्वजनिक नगरे पनि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने संकेत बैठकमा दिएको छ । बैठक भोली पनि बस्नेछ ।,

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया