कार्तिक २९, २०८३ आइतबार November 15, 2026

प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवस आज मनाईदै

हरेक वर्ष स्थापना दिवसका दिन पुरस्कार वितरण गरिदैं आएकामा यस वर्ष यो पुरस्कार संख्या ६ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रेस चौतारी नेपालको आज २५ औं स्थापना दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि मनाईरहेको छ । स्थापना दिवसका अवसरमा चौतारीले बिहान ११ः ३० बजे काठमाडौंको तिनकुने स्थित रोयल बैक्वेटमा भव्य कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि अर्थमन्त्री विष्णुपौडेल हुनुुहन्छ भने अतिथिमा एमालेका एक दर्जन नेताहरू रहनुभएको छ । स्थापना दिवसको अवसरमा पुरस्कार वितरणसमेत गरिने कार्यक्रम रहेको छ ।

हरेक वर्ष स्थापना दिवसका दिन पुरस्कार वितरण गरिदैं आएकामा यस वर्ष यो पुरस्कार संख्या ६ पुगेको छ । बरिष्ठ पत्रकार रघु मैनालीको संयोजकत्वमा गठिन समितिले चयन गरेकालाई आजै पुरस्कार वितरणको कार्यक्रम पनि राखिएको छ । ु

जसअनुसार हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार डा बालकृष्ण चापागाईँ ( रुपन्देही) लाई दिईदैछ भने अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई प्रदान गरिदैं छ।

यसैगरी, सावित्रीदेवी–पद्‍मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गर्न लागिएको चौतारीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डा. अमरेश सिंहलाई वीरेन्द्र सिंहको कटाक्ष : ‘क्षेत्र नम्बर ४ बाट बहिष्कार गरौँ’
२०८३ कार्तिक २९, आइतबार
देवीस्थानमा लुकाएर राखिएका चार थान भरुवा बन्दुक प्रहरीको नियन्त्रणमा
२०८३ कार्तिक २९, आइतबार
‘बाः एक योद्धा’ले मनायो प्रदर्शनको ५१औँ दिन, ३ करोड ५६ लाखभन्दा बढी ग्रस कलेक्सन
२०८३ कार्तिक २९, आइतबार
कुशल–युवराजको कीर्तिमानी साझेदारी, पोखराले काठमाडौंलाई ५५ रनले हरायो
२०८३ कार्तिक २९, आइतबार
सुक्खा पहिरोका कारण कालीगण्डकी करिडोर सडक पुनः अवरुद्ध
२०८३ कार्तिक २९, आइतबार
जलवायु अनुकूलनका लागि ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ परिमार्जन गर्दैछौं : शिक्षामन्त्री पोखरेल
२०८३ कार्तिक २९, आइतबार
कर्मवादमार्फत देशलाई समृद्धिको बाटोमा लैजानुपर्छ : अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार